तीन जना आरोपीकाे बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश कुमार चुडालको इजलासमा
काठमाडौं। ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका अभियुक्तहरु सुधिर कुमार शाह, धर्म प्रसाद गौतम र मिनबहादुर गुरुङले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिटकाे सुनुवाईका न्यायाधीश डा. कुमार चुडालको एकल इजलासमा परेको छ।
उनीहरुले नेपाल सरकार गृह मन्त्रालय सिंहदरबार काठमाडौंलाई विपक्षी बनाएर रिट दायर गरेका थिए।
गोपाल कार्कीसहित उनीहरुलाई यही असार १२ गते प्रहरीले पक्राउ गरेको थियो। यही १३ गते अदालतमा पेस गरिएकामा काठमाडौँ जिल्ला अदालतले सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइसकेको छ ।
सर्वोच्चबाट स्टेअडर ल्याएको पाइएपछि पक्राउ परेकामध्ये कलाधर देउजा, सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसीलाई कागज गरेर छाडिएको छ।
विसं २०४९ देखि २०६९ सम्ममा सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेको थियो। सोही प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान गरिरहेको छ।







डिसी नेपाल








Facebook Comment