आइसिसी विश्वकप छनौटः नेपालले आज युईएसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं। आज नेपालले संयुक्त अरब इमिरेटस (युएई)सँग प्रतिस्पर्धा गर्दैछ।
आइसिसी विश्वकप छनोट अन्तर्गत प्लेअफ खेलमा आज नेपालले युएईसँग प्रतिस्पर्धा गर्न लागेको हो।
हरारेस्थित ताकाशिंगा स्पोर्ट्स क्लबमा हुने सो खेल अपरान्ह १२ः ४५ मा सुरु हुनेछ।
यस खेलको विजेता टोलीले सातौं स्थानको लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ भने पराजित टोलीले नवौं स्थानको लागि अमेरिकासँग प्रतिस्पर्धा गर्नेछन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment