बागमती प्रदेश बैठक बस्दै, सहमति हुनेमा अझै आशंका

डिसी नेपाल
१७ असार २०८० ९:२३
60
Shares

हेटौडा। बागमती प्रदेशसभाको बैठक बस्दैछ। प्रदेश सभा भवन, हेटौडामा उक्त बैठक बस्नेछ। बैठक दिउसो २ बजे बोलाइएको छ।

गत असार १ गते प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आथिर्क वर्ष २०८०/०८१ को बजेट माथिको छलफल अझै सुचारू हुन सकेको छैन। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपासँग सहमति कायम गरेर आजको बैठक सुचारू गराउने प्रयत्न रहने बाग्मती सरकारले जनाएको छ।

सो बजेटमाथि छलफलका लागि असार १३ गते आह्वान गरिएको बैठकमा विपक्षी दलहरूको निरन्तर अवरोध गरे पछि ३ दिनका लागि स्थगित गरिएको थियो। उनीहरूकाे आराेप छ कि बजेट बिभेदकारी छ।

तर, आजको बैठकमा सहमति कायम गरेर छलफल सुचारू गराउने योजनामा भने सरकार प्रतिबद् रहेकाे देखिएकाे छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.