सेयर बजारमा पहिरो, ५३.७० अंकले घट्यो नेप्से परिसूचक

डिसी नेपाल
१७ असार २०८० १५:०८
280
Shares

काठमाडौँ। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार बढेको छ। आइतबार नेप्से परिसूचक ५३.७० अंकले घटेर २०९७.२९ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.२३ अंकले घटेर ३९०.५२ बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २८६ कम्पनीको १ करोड १३ लाख २३ हजार १८३ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा हिमालयन लाइफ इन्स्योरेन्स अग्रिम स्थानमा छ। यसको आज ४२ करोड ५६ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा शिभम् सिमेन्ट र सोल्टी होटलको कारोबार भएको छ।

आइतबारको कारोबारमा १३ वटै उपसूचक घटेर राताम्मे भएको छ। आजको कारोबारमा बिपीडव्लु लघुवित्त र सिटी होटलका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, सिर्जनसिल लघुवित्त र गमाउन्टेन इनर्जीका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *