गुरुपूर्णिमाको अवसरमा ब्यास नगरपालिकामा बिदा
तनहुँ गुरूपूर्णिमाको दिन ब्यास नगरपालिकाले सार्बजनिक बिदा दिएको छ।
तनहुँको व्यास नगरपालिकाले व्यास अवतरण (गुरुपूर्णिमा) का अवसरमा सोमबार सार्वजनिक बिदा दिएको हो। महर्षी बेदब्याँसको जन्मस्थान मानिदै आएको उक्त स्थानमा गुरुपूर्णिमाका दिन बिदा दिइएको हो।
गुरुपूर्णिमाका अवसरमा कार्यालय परिसरमा व्यास अवतरण दिवस मनाउने कार्यक्रम रहेको पनि सो नगरपालिकाले जनाएको छ।
प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीका अनुसार सोमबार नगरपालिका तथा नगरपालिका अन्तर्गतका कार्यालय, सामुदायिक एवं संस्थागत शैक्षिक संस्था, स्वास्थ्य संस्था (अत्यावश्यक सेवा बाहेक) र नगरपालिका मातहतका संघ संस्था बन्द रहने भएका छन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment