पाकिस्तान विश्वकप खेल्न भारत जानेबारे अन्योल, पीसीबीले प्रधानमन्त्रीलाई पत्र लेख्यो
काठमाडौं । क्रिकेट विश्वकप २०२३ भारतमा हुने भएको छ । यस प्रतियोगितामा विश्वका क्रिकेट फ्यानहरू जसको खेलको प्रतिक्षामा छन् ती दुई टोली भारत र पाकिस्तान हुन् ।
आईसीसीको तालिका अनुसार भारत र पाकिस्तानबीचको खेल अक्टोबर १५ मा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुने भएको छ ।
पाकिस्तान क्रिकेट बोर्डले अहमदाबादमा हुने खेललाई लिएर प्रश्न उठाउँदै आएको छ ।
यस्तो अवस्थामा जबदेखि क्रिकेट विश्वकपको तालिका आएको छ, त्यसबेलादेखि पाकिस्तान विश्वकप खेल्न भारत आउला ? भन्ने प्रशन उठेको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार पाकिस्तान क्रिकेट बोर्ड अर्थात पीसीबीले प्रधानमन्त्री शाहबाज सरिफलाई पत्र लेखेको छ ।
उक्त पत्रमा पाकिस्तानी टोली विश्वकप क्रिकेटका लागि भारत जान सक्ने वा नसक्ने आधिकारिक अनुमति मागिएको छ ।
यो पत्र पाकिस्तानका विदेशमन्त्रीलाई पनि लेखिएको छ र पाकिस्तानी टोली भारत जान सक्छ कि सक्दैन भनेर सल्लाह मागिएको छ ।
ईएसपीएन क्रिकइन्फोको समाचारका अनुसार यस पत्रमा पाकिस्तानी टोलीले खेल्ने पाँच स्थानका बारेमा पनि राय मागेको छ । पीसीबीले यसबारे ईएसपीएन क्रिकइन्फोलाई जानकारी दिएको छ।
पीसीबीले भन्यो, “भारतमा खेल खेल्ने निर्णय पाकिस्तान सरकारले लिने छ र हामीलाई सरकारमा पूर्ण विश्वास छ कि उसले जे भन्छ त्यो स्वीकार गरिनेछ।”
पाकिस्तानले भारतमा सुरक्षा प्रतिनिधिमण्डल पठाउने र पाकिस्तानी टोलीलाई भारत पठाउन मिल्ने वा नपठाउने भन्ने निर्णय गर्न उक्त प्रतिनिधिमण्डलले खेलस्थलको भ्रमण गर्ने बताइएको छ ।
स्रोतलाई उद्धृत गर्दै पाकिस्तान क्रिकेट बोर्डको नयाँ अध्यक्षको निर्वाचनपछि यो प्रतिनिधिमण्डल भारत पठाउन सकिने बताइएको छ ।
पाकिस्तानले भारतमा खेल्ने पाँच स्टेडियमहरूमा चेन्नई, बेंगलुरु, हैदरावाद, कोलकाता र अहमदाबाद समावेश छन्।







डिसी नेपाल







Facebook Comment