नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुँदै, फाइनल जित्ने दाउमा नेपाल

डिसी नेपाल
१९ असार २०८० ६:४६
1.1k
Shares

काठमाडौं। आज नेपाल र मलेसियाबीच क्रिकेट प्रतिस्पर्धा हुँदैछ। एसिसी यू-१६ इस्ट जोन कपको फाइनल खेलमा नेपालले आज घरेलु टोली मलेसियासँग खेल्दैछ।

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा सो फाइनल खेल हुनेछ। जसअनुसार अहिले बिहान ७ः १५ बजेबाट सुरु हुनेछ। नेपालले यसअघि दुईवटा उपाधि हासिल गरिसकेको छ। आज पनि नेपाल मलेसियालाई हराउँदै लगातार तेस्रो पटक उपाधि जित्न उदेश्यसहित मैदानमा उत्रन लागेको हो।

यसअघि भएको सेमिफाइनल खेलमा नेपालले सिंगापुरलाई ९७ रनले हराएर फाइनलमा पुगेको हो भने हङकङलाई ७८ रनले हराउँदै मलेसिया नेपालसँग प्रतिस्पर्धा गर्न आइपुगेको हो। दुवै खेलाडी आज आफनो जादु प्रदर्शन गर्ने तयारीका साथ मैदानमा देखिन लागेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.