सुनकाेशी-मरिन डाइभर्सनकाे बजेट कटाैती गरेकाेमा एमाले मधेश प्रदेशकाे आपत्ति

डिसी नेपाल
१९ असार २०८० ८:४०
68
Shares

महोत्तरी। नेकपा एमाले मधेश प्रदेशले मधेशको दिगो विकासमा चोट पुगेको बताउँदै बजेट बिनियोजनप्रति आपत्ति जनाएको छ। सोमबार बर्दिबासमा प्रदेश कमिटीका पदाधिकारीहरुको बैठक बसी समृद्ध मधेश, सुखी मधेशवासीको आकांक्षामा बजेटले विभेद गरेको निष्कर्ष निकालेको हो।

प्रदेश कमिटी अध्यक्ष रामऔतार यादवको अध्यक्षतामा बसेको बैठकले प्रदेश र संघिय सरकारलाइ विभिन्न ७ वटा बुँदामा ध्यानाकर्षणसमेत गराएकाे जनाएको छ। विकास निर्माणको भारी मात्रामा भएको बजेट कटौती देखि लिएर मधेशमा आफ्ना कार्यकर्ताहरुलाइ झुट्टा मुद्दामा फसाएको समेत उल्लेख गरिएको छ।

बैठकबाट पारित बुदाँ न. ६ मा भनिएको छ, ‘नेकपा एमालेका जिम्मेवार नेता तथा कार्यकर्ताहरुलाइ षड्यन्त्रपूर्वक झुट्टा मुद्दा लगाइ फसाउने काम भएको छ, यसप्रति खेद प्रकट गर्दै सरकार जनताप्रति उत्तरदायी बन्न आग्रह गर्दछौं।´

तराइ मधेश समृद्ध कार्यक्रम अन्तर्गत पहिले १ अर्व ५५ करोड बजेट छुट्याएकोमा अहिले ७० करोडमा सीमित गराएको, तराइ ल्याउन लागिएको सुनकोसी, मरिन बागमती डाइभर्सनको बजेट कटौती गरिएको, हुलाकी सडक निर्माणमा पहिले १३ अर्व छुट्याएकोमा अहिले ३ अर्व ५० करोडमा सिमित गरिएको जस्ता बिषयहरुमा एमाले मधेश प्रदेशको आपत्ति छ।

त्यसैगरी काठमाण्डौ-तराइ द्रूत मार्गको बजेट कटौती गरिएको, कृषि क्षेत्रमा ११ अर्व बजेट कटौती गरिएको, पालिकाहरुको समानिकरण बजेटमा ५० प्रतिशत कटौती गरिएकोप्रती पनि ध्यानाकर्षण जनाएको छ।

बैठकले भूमिहीनको समस्या, बर्षाबाट हुन सक्ने विपद जोखिमको पूर्वतयारी, छोरीहरुमा बढदै गएको घरेलु हिसांको बिषयमा समेत तिनै तहका सरकारलाइ झक्झकाउने निर्णय गरेको छ।

बैठकमा पार्टीका सचिव योगेश भट्टराईको समेत उपस्थिति रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.