आजको फलफूल तथा तरकारीकाे मूल्य, आभोकाडो ५७५ रुपैयाँ

डिसी नेपाल
१९ असार २०८० ९:०८
1.7k
Shares

काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज मंगलबार नेपाली गोलभेडा प्रतिकेजी ७५ रुपैयाँ, लोकल सानो गोलभेडा १७ रुपैयाँ ५० पैसा, टनेल गोलभेडा ३३ रुपैयाँ २० पैसामा काराेबार हुनेछ भने रातो आलु र स्थानीय काउली ४५ रुपैयाँ, भारतीय रातो आलु ३५ रुपैयाँ, मुडेको रातो आलु ३९ रुपैयाँ, सेतो आलु ३४ रुपैयाँ ५० पैसा, सुकेको भारतीय प्याज ५१ रुपैयाँ २० पैसा, लोकल गाजर ११० रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ रहेको छ।

यस्तै,स्थानीय ज्यापु काउली ५६ रुपैयाँ ६७ पैसा, लाम्चो भन्टा ५५ रुपैयाँ, तने बोडी ११६ रुपैयाँ, मकै बोडी र भटमासकोशा ९५ रुपैयाँ, लोकल घिउ सिमी ११५ रुपैयाँ, टाटे सिमी ७६ रुपैयाँ ६७ पैसा, तितो करेला १०५ रुपैयाँ, लौका ८६ रुपैयाँ, परवर र न्यूरो  ८५ रुपैयाँ, घिरौला ८६ रुपैयाँ, ब्रोकाउली र झिगूनी ६५ रुपैयाँ, भिण्डी १०५ रुपैयाँ, रायोको साग र पालूगो साग ८६ रुपैयाँ ६७ पैसा, तोरीको साग ४६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १५० रुपैयाँ ताेकिएकाे छ।

यसैगरी, डल्ले च्याउ ३०० रुपैयाँ, कुरीलो १८३ रुपैयाँ ३३ पैसा, सेलरी १४० रुपैयाँ, पार्सले २४० रुपैयाँ, पुदीना १३५ रुपैयाँ, गुन्दुक २८३ रुपैयाँ ३३ पैसा, फूजी स्याउ ३२५ रुपैयाँ, कागती १७० रुपैयाँ, लोकल काक्रो १२० रुपैयाँ, किवि ८७५ रुपैयाँ, आभोकाडो ५७५ रुपैयाँ, अदुवा ३ सय रुपैयाँ, लिच्ची १२५ रुपैयाँ, अकबरे खुर्सानी १७५ रुपैयाँ र भेडे खुर्सानी ८६ रुपैयाँ तोकिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *