रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ असार २७ गतेदेखि आउँदै

डिसी नेपाल
१९ असार २०८० १०:३८
272
Shares

काठमाडौँ। रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १२ लाख कित्ता आईपीओ असार २७ गतेदेखि बिक्री खुला हुने भएको छ।  कम्पनीले उक्त आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गर्न लागेको हो।

कम्पनीले जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका कुल १ करोड २० लाख कित्ता सर्वसाधारणका लागि बिक्री खुला गर्न अनुमति प्राप्त गरेको छ। कुल कित्ताको १० प्रतिशतले हुन आउने १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्न लागिएको हो।

कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २५७ रुपैयाँ दरमा आईपीओ जारी गर्न लागेको हो।

यस आईपीओमा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केटले गर्नेछ। यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार ४०० कित्तासम्म आवेदन दिन सक्नेछन्। यस आईपीओमा लगानीकर्ताले साउन १० गतेसम्म आवेदन दिन पाउनेछन्।

विदेशमा रहेका श्रमिकले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *