इन्फिनिटी लघुवित्तको ५८ हजार २७६ कित्ता संस्थापक सेयर बिक्रीमा

डिसी नेपाल
१९ असार २०८० १२:४१
100
Shares

काठमाडौँ। इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले ५८ हजार २७६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। संस्थाले यसअघि संस्थापक सेयरधनीहरुलाई बिक्री खुला गरेको सेयरमा बिक्न बाँकी रहेको सेयर पुनः बिक्रीमा ल्याएको हो।

यस सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्र नभएर च्छुक अन्य व्यक्ति तथा संस्थाले पनि खरिद आवेदन दिन सक्नेछन्। यस सेयरमा इच्छुक लगानीकर्ताले १५ दिनभित्र आवेदन दिईसक्नुपर्नेछ। यस सेयार्म्मा लगानिकताले नवलपरासीको गैंडाकोटस्थित संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ।

बिक्रीमा राखिएको सेयरको बिक्री मूल्य बिक्रीकर्ता संस्थापक सेयरधनीले तोकेबमोजिम हुने संस्थाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *