आयरल्याण्डविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने
काठमाडौं । जिम्बाब्वेमा जारी विश्वकप छनोट अन्तर्गत सातौं स्थानको लागि हुने खेलमा नेपालले आयरल्याण्डविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
राजधानी हारारेको ताकासिंगा स्पोर्टस क्लवमा हुने खेलमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हो ।
नेपाल विश्वकपमा प्रवेश गर्ने दौडबाट बाहिरिइसकेको भए पनि यो खेल नेपालका लागि धेरै महत्वपूर्ण छ ।
नेपालले एकदिवसीय मान्यता पाएयता टेस्ट राष्ट्रसँग एकदिवसीय क्रिकेट खेल्ने निकै कम अवसर पाएको छ ।
यही विश्वकप छनोटमा नेपालले वेष्ट इण्डिज र जिम्बाब्बेजस्ता टेस्ट राष्ट्रसँग एकदिवसीय खेल्ने अवसर पाएको थियो ।
आयरल्याण्ड पनि टेस्ट राष्ट्र हो । यदि आज नेपालले आयरल्याण्डलाई जित्न सक्यो भने यो टेस्ट राष्ट्रमाथि नेपालको पहिलो एकदिवसीय जित हुनेछ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment