नेपालले आयरल्याण्डलाई दियो २६९ रनको लक्ष्य

डिसी नेपाल
१९ असार २०८० १६:२५
2.2k
Shares

काठमाडौं । जिम्बाब्वेमा जारी विश्वकप छनोट अन्तर्गत सातौं स्थानको लागि भइरहेको खेलमा नेपालले आयरल्याण्डलाई २६९ रनको लक्ष्य दिएको छ ।

राजधानी हारारेको ताकासिंगा स्पोर्टस क्लवमा भइरहेकोे खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २६८ रन बनाएको हो ।

नेपालका लागि गुलशन झाले सर्वाधिक ५७ रन बनाए । अर्जुन साउदले ४८, कुशल मल्लले ४४, सन्दीप लामिछानेले ३२, कप्तान रोहित पौडेलले २९, भीम सार्कीले २० रन बनाए ।

आयरल्याण्डका लागि मार्क अडेर, बेरी म्याकार्थी र क्राइग योंगले समान २–२ विकेट लिए । यस्तै कर्टिस क्याम्फेर, ग्यारेथ डेलानी र एण्डी म्याकब्रिनले समान १–१ विकेट लिए ।

नेपाल विश्वकपमा प्रवेश गर्ने दौडबाट बाहिरिइसकेको भए पनि यो खेल नेपालका लागि धेरै महत्वपूर्ण छ ।

नेपालले एकदिवसीय मान्यता पाएयता टेस्ट राष्ट्रसँग एकदिवसीय क्रिकेट खेल्ने निकै कम अवसर पाएको छ ।

यही विश्वकप छनोटमा नेपालले वेष्ट इण्डिज र जिम्बाब्बेजस्ता टेस्ट राष्ट्रसँग एकदिवसीय खेल्ने अवसर पाएको थियो ।

आयरल्याण्ड पनि टेस्ट राष्ट्र हो । यदि आज नेपालले आयरल्याण्डलाई जित्न सक्यो भने यो टेस्ट राष्ट्रमाथि नेपालको पहिलो एकदिवसीय जित हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.