कुवेतलाई हराउँदै भारतले जित्यो साफ च्याम्पियनसिपको उपाधि

डिसी नेपाल
१९ असार २०८० २२:५२
4.6k
Shares

काठमाडौं । भारतले साफ च्याम्पियनसिप–२०२३ को उपाधि जितेको छ । कुवेतलाई पेनाल्टी सुटआउटमा ५–४ ले हराउँदै साविक विजेतासमेत रहेको भारतले नवौँ पटक साफ च्याम्पियनसिपको उपाधि जितेको हो ।

भारतको बेंगलुरुस्थित श्री कान्तिरावा रंगशालामा भएको खेलको निर्धारित र अतिरिक्त समयमा दुवै टिमले १–१ को बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो । पेनाल्टी सुटआउटमा कुवेतका कप्तान खालिद हाजियाको प्रहार गोलकिपर गुरप्रित सिंह सन्धुले रोकेपछि भारत प्रतियोगिताको च्याम्पियन बनेको हो ।

खेलको १५औँ मिनेटमा सबाईब अलखाल्दीले गोल गर्दै कुवेतलाई अग्रता दिलाएका थिए । तर, ३९औँ मिनेटमा लालियन्जुएला चान्टेले गोल गरेपछि भारत खेलमा फर्किएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.