सांग्रिला डेभलपमेन्ट बैंकको ४० हजार २०० कित्ता संस्थापक सेयर बिक्रीमा

डिसी नेपाल
२० असार २०८० ९:०९
72
Shares

काठमाडौँ। सांग्रिला डेभलपमेन्ट बैंकको ४० हजार २०० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ।

संस्थापक सेयरधनी गोवर्द्धन ढकाल र शिवलाल भण्डारीको नाममा रहेको सेयर बिक्रीमा ल्याउन लागेको हो। संस्थापक सेयरधनी गोवर्द्धन ढकालको २८ हजार कित्ता र शिवलाल भण्डारी १२ हजार २०० कित्ता रहेको छ।

यो सेयरमा हाल विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउनेछन्। यस सेयरमा लगानीकर्ताले ३५ दिन भित्र आवेदन दिईसक्नु पर्ने छ। यस सेयरमा संस्थापक सेयरधनीहरुले काठमाडौँको बालुवाटारस्थित बैंकको केन्द्रिय कार्यालयमा आएर खरिद आवेदन दिन सक्नेछन्।

तोकिएको समयपछि विद्यमान संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संघका लागि सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *