फलफूल तथा तरकारीकाे मूल्य : गुन्दुक २५० रूपैयाँ, डल्लेच्याउ २८० रुपैयाँ

डिसी नेपाल
२० असार २०८० ९:३२
220
Shares

काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ८० रूपैयाँ, भारतीय प्याज सुकेको प्रतिकेजी मूल्य ५२ रूपैयाँ, घिउ सिमी लोकल १०० रूपैयाँ, कुरीलो प्रतिकेजी २०० रूपैयाँ, काउली स्थानिय प्रतिकेजी ५० रुपैयाँ , आलु रातो ४५, भारतीय आलु रातो ३४ रूपैयाँ, टनेल गोलभेडा सानो ३० रूपैयाँ, लौका ८० रूपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी २८० रुपैयाँ , बन्दा लोकल ८ रूपैयाँ, ब्रोकाउली ५० रूपैयाँ, कागती १५० रुपैयाँ, रायो साग ८० रूपैयाँ, न्यूरो ८० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काक्रो १०० रूपैयाँ, गुन्दुक २५०, अदुवा प्रतिकेजी ३०० रहेको समितिले जनाएको छ।

समितिका अनुसार केरा दर्जन १५० रूपैयाँ, अनार ४०० रुपैयाँ, आभोकाडो ६०० रुपैयाँ,नासपाती ८० रूपैयाँ, किवि ८०० रूपैयाँ, हरियो खुर्सानी अकबरे २०० रुपैयाँ,रहु माछा ३१५ रूपैयाँ, छडी माछा २४० रूपैयाँ, ताजा माछा(मुंगरी)  ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ।

यस्तै, मालदह आँप ७० रूपैयाँ, हरियो धनिया २०० रूपैयाँ, लोकल लीच्ची १५० रूपैयाँ, खुर्सानी सुकेको ४५० रूपैयाँ, लसुन २०० रूपैयाँ, चाइनिज लसुन २४० रूपैयाँ, छ्यापी सुकेको १३० रूपैयाँ, भेडे खुर्सानी ७० रूपैयाँमा कारोबार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *