श्रीलंकाली महिला क्रिकेट टिमकी कप्तान अटापट्टुले इतिहास रचिन्

डिसी नेपाल
२० असार २०८० १२:४२
6.7k
Shares

काठमाडौं । श्रीलंकाली महिला क्रिकेट टोलीकी कप्तान चमारी अटापट्टु एमआरएफ टायर्स आईसीसी एकदिवसीय ब्याटिङ वरियतामा पहिलो स्थानमा पुगेकी छन् ।

यो उपलब्धि हासिल गर्ने उनी श्रीलंकाकी पहिलो महिला क्रिकेटर हुन् । यसअघि सनथ जयसूर्या आईसीसीको एकदिवसीय वरियतामा शीर्ष स्थानमा पुग्ने एकमात्र श्रीलंकाली क्रिकेटर थिए।

जयसूर्या सन् २००२ देखि २००३ सम्म १८१ दिन ओडिआई वरीयतामा पहिलो स्थानमा थिए। श्रीलंकाली महिला टोलीको एकदिवसीय कप्तान अटापट्टुले न्युजिल्यान्डविरुद्धको हालैको शृंखलामा १०८ र १४० रनको अपराजित पारी खेलेकी थिइन्।

उनको इनिङ्सका कारण श्रीलंकाले तीन खेलको सिरिज २-१ ले जितेको छ । उनी प्लेयर अफ द सिरिज पनि चुनिइन् । अब उनी आइसीसीको पछिल्लो वरियतामा ६ स्थान माथि उक्लिएकी छिन् ।

यसअघि उनी सातौं स्थानमा थिइन् । आईसीसी महिला ब्याटरको यो वरियतामा बेथ मुनी दोस्रो र लौरा वुलवर्थ तेस्रो स्थानमा छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.