पिएसजीका गोलकिपर रिकोको स्वास्थ्यमा क्रमिक सुधार

डिसी नेपाल
२० असार २०८० २०:०१
308
Shares

काठमाडौं । मस्तिष्कमा लागेको चोटको उपचारका लागि अस्पतालको सघन कक्षमा उपचाररत आइसीयू पेरिस सेन्ट जर्मेन (पिएसजी) का गोलरक्षक सर्जियो रिकोको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ ।

मे २८ मा एक स्थानीय महोत्सवमा घोडाबाट लडेर दुर्घटनामा परि अस्पताल भर्ना भएका २९ वर्षीय रिकोको फ्रान्सको सेभिलस्थित भर्जेन डेल रोसियो अस्पतालमा उपचार जारी रहनेछ ।

“सर्जियो रिकोलाई अहिले सघन कक्ष (आईसीयू) सामान्य वार्डमा सारिएको छ जहाँ उहाँ पाँच हप्तासम्म चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार सेवा लिइरहनुभएको थियो । उहाँलाई विशेषज्ञहरूको सघन निगरानी टोलीले हेरचाह गरेको थियो,” अस्पतालले सञ्चारमाध्यमलाई दिएको जानकारीमा उल्लेख छ ।

रिको कोमामा थिए तर अस्पताल स्रोतले एएफपीलाई दिएको जानकारीअनुसार उनी केही दिनदेखि होशमा आएका छन् । फेरि कुराकानी गरिरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.