विश्वकपको मुखमा बंगलादेशका कप्तानले सन्यास लिए

डिसी नेपाल
२१ असार २०८० १५:००
1.8k
Shares

काठमाडौं । बंगलादेश एकदिवसीय क्रिकेट टोलीका कप्तान तमिम इकबालले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । तीन महिनापछि क्रिकेट विश्वकप हुन लागेको बेला यो घोषणा भएको हो । एक दिनअघि अफगानिस्तानसँगको पहिलो एकदिवसीयमा बंगलादेश पराजित भएको थियो ।

आफ्नो सन्यासको बारेमा तमिम इकबालले भने, “यो मेरो लागि अन्त्य हो। मैले आफ्नो उत्कृष्टता दिएको छु। म अब अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको छु। म मेरा सबै साथी खेलाडी, प्रशिक्षक, अधिकारी र परिवारलाई धन्यवाद दिन चाहन्छु। यस यात्रामा मेरो साथ दिनुहुने र मलाई विश्वास गर्नुहुनेहरूलाई धन्यवाद।”

तमिम इकबालले भने, “म मेरा फ्यानहरूलाई पनि धन्यवाद दिन्छु कि उनीहरूले मलाई विश्वास गरे। म तपाईंलाई मेरो नयाँ इनिङको लागि शुभकामना दिन्छु। प्रार्थनामा सम्झनुहोस्।”

तमिम इकबालको १६ वर्ष लामो अन्तर्राष्ट्रिय क्रिकेट करियर छ । बंगलादेश क्रिकेट टिमको नयाँ कप्तान को बन्ने भन्ने बारे अहिलेसम्म कुनै घोषणा गरिएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.