सभामुखसमेत जोडेर कांग्रेस नेता थापाको कोशी सरकारमा दाबी पेस

डिसी नेपाल
२१ असार २०८० १७:२५
120
Shares

बिराटनगर। कोशी प्रदेश सरकारको नेतृत्वमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्वव थापाले दाबी प्रस्तुत गरेका छन्।

कोशी सरकार निमार्णका लागि प्रदेश प्रमुखले दिएको समय सिमा आज सकिँदै गर्दा थापाले नयाँ सरकारको दाबी पेश गरेका हुन्।

नेपाली कांग्रेस तथा नेकपा माओवादी केन्द्रलगायतका दलले सभामुखलाई समेत जोडेर प्रदेश सरकारमा दाबी प्रस्तुत गरेका छन्।

थापाले सभामुख बाबुराम गौतमसहित ४७ जना सांसदको समर्थनमा दाबी पेश गरेका छन्। ९३ सदस्यीय कोशीमा सरकार निर्माणका लागि ४७ जनाकै समर्थन चाहिन्छ।

प्रदेशमा एमालेका ४० र राप्रपाका ६ सांसद छन्। कांग्रेसका २९, सभामुख गौतमसहित माओवादीका १३, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सहित ४७ सांसदको हस्ताक्षरमा थापाले दाबी पेस गरेका हुन्।

तर, नेकपा एमालेले भने राजनीतिक दल परित्याग गरेको घोषणा गरेका सभामुखलाई प्रदेश सरकार गठनमा जोडन नमिल्ने भन्दै अस्वीकार गर्ने जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.