भारतीय गुलामहरुले देश चलाइरहेका छन् : बालेन
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्री नपाए दिल्ली जानु भन्ने आशयको अभिव्यक्तिप्रति कडा टिप्पणी गरेका छन्।
बिहीबार राति सामाजिक सञ्जाल फेसबुकको एउटा स्टाटस लेख्दै प्रचण्डप्रति भन्दा पनि प्रचण्डलाई प्रधानमन्त्री बनाउने संसदमाथि शंका लागेको टिप्पणी गरेका हुन्। उनले दिल्लीको आदेश मान्ने सांसदको बहुमत सरकार रहेको त होइन भन्ने प्रश्न गरेका छन्।
बालेनले भारतीय गुलामले देश चलाइरहेको टिप्पणी समेत गरेका छन्। बालेनले भारतीय गुलामहरूले देश चलाइरहँदा आफूले मात्र विरोध गरिरहेकोु बताएका छन्।
बालेनले भनेका छन्, ‘हामीलाई प्रचण्डज्यूभन्दा प्रचण्डज्यूलाई प्रधानमन्त्री बनाउने सांसदहरु माथि शंका लाग्यो । दिल्लीको आदेश मान्ने सांसदको बहुमत रहेछ सरकारमा। भारतीय गुलामहरुले देश चलाउदैछ र म मात्र बिरोधमा ? र, म मात्र अदालतको अवहेलनामा ? सबैजना मरेका लाशहरु हुन्?’
प्रधानमन्त्री दाहालले सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा भारतीय नागरिक प्रितम सिंह पटकपटक दिल्ली गएको भनी दिएको अभिव्यक्तिपछि नेपालको राजनीति अहिले तरंगित बनेको छ र सो अभिव्यक्ति प्रधानमन्त्री दाहालका लागि महँगो सावित हुने देखिएको छ।







डिसी नेपाल








Facebook Comment