प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद चल्दैन : एमाले नेता रघुजी पन्त
काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्रीको राजीनामा माग गर्नुको कुनै औचित्य नरहेको बताएका छन् ।
शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै पौडेलले एमाले लगायतका दलहरुको समर्थनमा नै प्रचण्ड प्रधानमन्त्री बनेको भन्दै अहिले अभिव्यक्तिका आधारमा प्रधानमन्त्रीको राजीनामा माग गर्नुको कुनै औचित्य नभएको बताएका हुन् । कुनै लेखकले लेखेको कुरालाई प्रधानमन्त्रीले अभिव्यक्त गर्दा जनतामा एमालेले भ्रम छर्न खोजेको र आफु मात्रै राष्ट्रवादी हो भन्ने देखाउन खोजेको उनले बताए । उनले एमालेलाई प्रधानमन्त्री पद चाहिएको भए बहुमत देखाउन चूनौति दिए ।
त्यस्तै कांग्रेसका मुख्य सचेतक रमेश लेखकले मुलुकको प्रधानमन्त्री बाह्य देशले बनाउछ भन्ने मानसिकताबाट माथि उठ्नुपर्ने बताए । उनले यस विषयमा आशंक गर्नु भनेको देश र जनतामाथिकै आशंका हुने जिकिर गरे । प्रधानमन्त्रीले बोलेको बिषयमा प्रतिपक्षीले उठाएको कुरालाई सत्ता पक्षले गम्भीर रुपमा लिएको भन्दै सदनमा प्रधानमन्त्रीले जवाफ दिने वातावरण बनाउनुपर्ने उनले बताए ।
त्यस्तै नेकपा एमालेका नेता रघुजी पन्तले प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद चल्न नसक्ने स्पष्ट पारे । उनले प्रधानमन्त्रीले बोलेको कुराको स्पष्टीकरण दिनुको कुनै अर्थ नरहेकाले नैतिकताका आधारमा नै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने उल्लेख गरे । प्रधानमन्त्रीको अभिव्यक्ति देश र जनताको भावना विपरित भएको बताए ।







डिसी नेपाल








Facebook Comment