भारतमा विश्वकप खेल्न जाने वा नजाने विषयमा निर्णय गर्न पाकिस्तानमा उच्चस्तरीय समिति गठन
काठमाडौं । अब भारतमा हुने आईसीसी विश्वकप क्रिकेटमा पाकिस्तानी टोलीको सहभागिताबारे समितिले निर्णय गर्नेछ । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले विदेशमन्त्री बिलावल भुट्टोको अध्यक्षतामा उच्चस्तरीय समिति गठन गरेका छन् ।
समितिले पाकिस्तान र भारतबीचको सम्बन्ध, खेलकुद र राजनीतिलाई छुट्टाछुट्टै राख्ने सरकारको नीति र भारतमा खेलाडी, अधिकारी, फ्यान र सञ्चारमाध्यमका लागि वातावरण बनाउने सरकारको नीतिलाई विचार गरी सरिफसमक्ष आफ्नो सिफारिस बुझाउनेछ ।
प्रधानमन्त्री पाकिस्तान क्रिकेट बोर्डका मुख्य संरक्षक हुन्। क्रिकेटको यो महान् खेलको मिति घोषणा गरिएको छ र अक्टोबर ५ बाट सुरु हुने यस प्रतियोगितामा पाकिस्तानी टोलीले भाग लिने अपेक्षा गरिएको छ ।
यद्यपी पीसीबीले पाकिस्तानी टोलीको बारेमा अन्तिम निर्णय सरकारले लिने बताएको छ । भारत र पाकिस्तानबीचको खेल अक्टोबर १५ मा अहमदाबादमा हुनेछ ।
यसै वर्षको अक्टोबर–नोभेम्बरमा भारतमा हुने आईसीसी विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । विश्वकप अक्टोबर ५ मा सुरु हुनेछ र फाइनल नोभेम्बर १९ मा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ।
आयोजक भारतले आफ्नो पहिलो खेल अक्टोबर ८ मा अष्ट्रेलियासँग चेन्नईमा खेल्नेछ । ४६ दिने प्रतियोगिताका लागि १० सहरका रंगशाला छनोट गरिएको छ ।







डिसी नेपाल







Facebook Comment