कोशी प्रदेशमा सरकार परिवर्तनपिच्छे प्रधानमन्त्री दाहालका ज्वाइँ आचार्य मन्त्री

डिसी नेपाल
२४ असार २०८० १२:४५
868
Shares

काठमाडौं। नेकपा(माओवादी केन्द्र)का अधयक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका कान्छा ज्वाँइ जीवन आचार्य सरकार परिवर्तनपिच्छे कोशी प्रदेशको मन्त्री नियुक्त भएका छन्।

प्रधानमन्त्री दाहालकी कान्छी छोरी गंगाका पति उनी यस अघि एमाले माओवादी गठबन्धनबाट मुख्यमन्त्री बनेका हिक्मत कार्कीको सरकारमा समेत पर्यटन, वन तथा वातावरण मन्त्री बनेका थिए।

गत शुक्रबार मुख्यमन्त्री कार्कीले प्रदेशसभामा विश्वासको मत पाउन नसकेपछि कार्की नेतृत्वको सरकार ढलेको थियो। उक्त सरकारमा मन्त्री रहेका आचार्यलाई फेरि मन्त्री बनाउन नहुने अडानमा माओवादी कोशी प्रदेशका सांसदहरु थिए।

उनको मन्त्री नियुक्तिमा विवाद हुँदा नवनियुक्त मुख्यमन्त्री उद्वव थापाले मन्त्रिमण्डल विस्तार गर्न सकेका थिएनन्। माओवादी केन्द्रका कोशी प्रदेशमा सिनियर नेतालाई पछि पार्दै पटके मन्त्री बन्नुमा ससुरासमेत रहेका प्रधानमन्त्री दाहालको प्रमुख भूमिका रहेको छ।

प्रधानमन्त्री दाहालको आर्शीवादले पटक पटक मालदार मन्त्रालय हडप्न सफल भएका छन्। अघिल्लो सरकारमा पर्यटन, वन तथा वातावरण मन्त्री रहेका आचार्य दास्रो पटक अन्य सिनियर नेताहरुलाई उछिनेर फेरि आर्थिक मामिला मन्त्री बनेका हुन्।

उनको मन्त्री पदमा लालसा अन्य कोशी प्रदेशका माओवादी नेताहरु आजित भएका छन्। सुप्रिमो प्रधानमन्त्री दाहालको ज्वाइँँ भएकै कारणले उनले पटक पटक अवसर पाउँदा कोशी प्रदेशका जनयुद्ध लडेका माओवादीका सांसदहरु रुष्ट छन्।

अघिल्लो कार्कीको नेतृत्वमा एमालेको सरकार बनाउनमा आचार्यको प्रमुख भूमिका रहेका थियो। उनकै जोडबलमा माओवादीले कोशी प्रदेशमा मुख्यमन्त्री नलिएको चर्चा चलेको थियो।

एमाले माओवादी गठबन्धनका क्रममा मुख्यमन्त्री बाँडफाँटमा कुनै हालतमा तत्कालीन १ नम्बर हालको कोशी प्रदेशमा माओवादीले मुख्यमन्त्री नलिन केन्द्रमा लबिङ गरेको माओवादी स्रोत बताउँछ।

मुख्यमन्त्री माओवादीले पाएमा संसदीय दलको नेता इन्द्र आङबो मुख्यमन्त्री बन्ने र आफू मन्त्री हुन नपाउने भएकाले प्रधानमन्त्री दाहालसँग एमालेलाई मुख्यमन्त्री छोड्न दवाब दिएको स्वयम माओवादी नेताहरु बताउँछन्।

केन्द्रीय सरकारको प्रधानमन्त्री रहेका ससुरा दाहालको दबावमा मन्त्री बनाइएका आचार्यले आज शपथ लिएका छन्। उनलाई फेरि मालदार अर्थ मन्त्रालयको जिम्मा दिइएको छ।

उनको बारम्बारको मन्त्री नियुक्तिले माओवादी केन्द्र कोशी प्रदेशसभाका सांसदहरुमा असन्तुष्टि बढ्दै गएको छ। उनको माओवादी केन्द्रमा जर्बजस्ती उपस्थितिलाई लिएर अनेकौं टिप्पणी हुने गर्दछ। आचार्य माओवादीमा खास योगदान भएका पात्र होइनन्।

उनले दाहलापुत्री गंगासँग लगन गाँठो कसेपछि मात्रै माओवादी पार्टीमा भित्रिएका हुन्। त्यस अघि उनको माओवादीमा कुनै योगदान नभएको माओवादी नेताहरु बताउँछन्।

यस अघि नेपाली  मूलका भारतीयसँग विहे गरेकी गंगाको आचार्यसँग यो दोस्रो विहे हो। गंगा प्रधानमन्त्री रहेका आफ्नै बुबा दाहालको स्वकीय सचिव छिन्। उनी प्रधामन्त्रीको सचिवालयकी हर्ताकर्ता हुन्। यता प्रधानमन्त्रीको सचिवालयमा हर्ताकर्ता रहेकी गंगाले कोशी प्रदेशमा पति आचार्यलाई मन्त्री बनाउन निकै पहल गरेको बताइएको छ।

कोशी प्रदेशको नयाँ सरकार गठन अवैध रुपमा गरिएको बताउँदै एमाले सर्वोच्च अदालतमा पुगेको छ। ९३ सदस्यीय प्रदेशसभा सदस्य रहेको कोशीमा सरकार गठनका लागि ४७ सांसदको आवश्यकता पर्दछ।

कोशी प्रदेशमा हालको सत्ता गठबन्धनमा रहेका दलहरुमध्ये कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, एकीकृत समाजवादीका ४ र जसपाको १ सिट रहेको छ।

सत्ता गठबन्धनले अहिलेको सरकार गठनका लागि संसद संख्या पुर्‍याउन बहालवाला सभामुख बाबुराम गौतमले हस्ताक्षर गरेको भन्दै एमालेले सरकार गठन प्रक्रिया असंवैधानिक रहेको दाबी गरेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.