ललितपुर महानगरलाई भ्याली फुटसल च्याम्पियनसिपको उपाधि

डिसी नेपाल
२४ असार २०८० १२:५१
68
Shares

काठमाडाैं। नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालको आयोजनामा भएको भ्याली फुटसल च्याम्पियनसिपको उपाधि ललितपुर महानगरले जितेको छ।

शनिबार कपनस्थित कपअन स्पोट्स सेन्टरमा भएको फाइनल खेलमा गोकर्णेश्वर नगरपालिकालाई ७-२ गोलअन्तरले पराजित गर्दै ललितपुरले उपाधि जितेको हो।

उपाधिसँगै ललितपुर महानगरपालिकाले दुई लाख प्राप्त गरेको छ। गोकर्णेश्वरले भने एक लाखमै चित्त बुझायो।

ललितपुरलाई उपाधि दिलाउन मनिस खड्का एक्लैले ६ गोल गरे। सुयोग थापाको नाममा एक गोल रह्यो। गोकर्णेश्वरका लागि सागर थिङ र सरोज थिङले एक-एक गोल गरे।

मैदानमा उत्कृष्ट तालमेल देखाएको गोकर्णेश्वरले पहिलो हाफमा ललितपुरलाई २-२ गोलको बराबरीमा रोकेको थियो। यद्यपि, दोस्रो हाफमा ललिपुरले एकलौटी गोल थप्दै उपाधि जित्यो।

प्रतियोगिताका विजेता र उपविजेता टोलीका खेलाडी एवं अफिसियलहरुलाई आयोजक राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष छितिज थेबे लगायत पदाधिकारीहरुले पुरस्कार वितरण गरेका थिए।

राष्ट्रिय युवा संघ नेपालले स्वास्थ्य युवा, स्वास्थ्य समाज भन्ने नाराका साथ उपत्यकाका युवाहरुबीच फुटसल प्रतियोगिताको आयोजना गरेको हो। राष्ट्रिय युवा संघ नेपालले उपत्यकाका प्रत्येक स्थानीय तहहरुमा आन्तरिक छनोट प्रतियोगिता अयाोजना गर्दै प्रतियोगिताका लागि टोली तयार पारेको थियो। फाइनल खेलमा उपत्यकाका विभिन्न २१ पालिका टोलीहरुको सहभागिता रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.