एसिया कपमा भारतले अप्ठ्यारो पारेमा पाकिस्तानले भारतमा विश्वकप नखेल्ने

डिसी नेपाल
२४ असार २०८० १६:४१
3.9k
Shares

काठमाडौं । पाकिस्तानका खेलकुद मन्त्री अहसान मजारीले यदि भारतले एसिया कपका खेलहरू तटस्थ मैदानमा खेलाउन माग गर्यो भने पाकिस्तानले पनि भारतमा हुने विश्वकपका खेलहरूको विषयमा यही माग गर्ने बताएका छन् ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले टोलीको सहभागिताका बारेमा निर्णय गर्नका लागि समिति गठन गरेका छन् । मजारी त्यसैको एक अंग हुन् । अहसान मजारीले एसिया कप खेल्न भारत पाकिस्तान नगएमा आफ्नो देश पनि विश्वकपबाट बाहिरिने बताएका छन् ।

अङ्ग्रेजी पत्रिका इन्डियन एक्सप्रेससँग कुरा गर्दै मजारीले भने, ‘पाकिस्तान क्रिकेट बोर्ड मेरो मन्त्रालय मातहत आउँछ र यदि भारतले एसिया कपका खेल तटस्थ मैदानमा खेल्न माग गर्छ भने हामीले पनि भारतमा विश्वकपका खेलको विषयमा यही माग राख्नेछौं भन्ने मेरो व्यक्तिगत धारणा हो ।’

अक्टोबर–नोभेम्बरमा भारतमा विश्वकप क्रिकेट हुने भएको छ । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले पनि विश्वकपमा पाकिस्तानी टोली समावेश गर्ने विषयमा निर्णय गर्न उच्चस्तरीय समिति गठन गरेका छन् ।

यस समितिका अध्यक्ष पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जरदारी छन् र यसमा ११ मन्त्रीहरू छन्। समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाउने र अन्तिम निर्णय प्रधानमन्त्रीले मात्रै गर्नुपर्ने मजारीले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.