थाइल्याण्डमा हुने एसियाली एथलेटिक्स च्याम्पियनसिपको मस्कट हनुमान

डिसी नेपाल
२७ असार २०८० १४:५२
28
Shares

काठमाडौं । थाइल्याण्डको राजधानी बैंककमा हुने एसियाली एथलेटिक्स च्याम्पियनसिपको आधिकारिक मस्कट भगवान हनुमान बनेका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार एसियाली एथलेटिक्स च्याम्पियनसिपको ५० वर्ष पूरा भएको अवसरमा यो पटक बैंककमा १२ देखि १६ जुलाईसम्म आयोजना हुँदैछ ।

“भगवान रामको सेवामा, हनुमानले गति, शक्ति, साहस र बुद्धि जस्ता असाधारण क्षमताहरू प्रदर्शन गरे… हनुमानको सबैभन्दा ठूलो क्षमता वास्तवमा, उनको अविश्वसनीय रूपमा स्थिर वफादारी र भक्ति हो,” संगठनले आफ्नो वेबसाइटमा बताएको छ।

संगठनले २५ औं एसियाली एथलेटिक्स च्याम्पियनसिप २०२३ को लोगोमा खेलकुदमा सहभागी खेलाडीको सीप, टिमवर्कलाई चित्रण गरेको जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.