सुशान्तमाथिको फिल्म प्रतिबन्धकाे माग दिल्ली उच्च अदालतद्धारा खारेज

डिसी नेपाल
२८ असार २०८० १०:०९
6.2k
Shares

नयाँदिल्ली। दिल्ली उच्च अदालतले दिवंगत अभिनेता सुशान्त सिंह राजपुतको जीवनीमा बनेको फिल्म ‘न्याय’माथि रोक लगाउन माग गरेको निवेदन खारेज गरेको छ।

फिल्ममा प्रतिबन्ध लगाउनु पर्ने माग गर्दै अभिनेताका पिता कृष्ण किशोर सिंहले अदालतमा याचिका गरेका थिए। जसमा बुधबार सुनुवाइ गर्दै अदालतले उक्त याचिका खारेज गरिदिएको हो।

दिल्ली हाईकोर्टमा न्यायाधीश सी हरिशंकरले सुशान्तका पिता कृष्ण किशोर सिंहको यो निवेदन खारेज गरेका छन्। याचिकामा अभिनेताका पिताले फिल्म ‘न्यायः द जस्टिस’ अनलाइन प्लेटफर्ममा स्ट्रिम हुने दाबी गरेका थिए। अपमानजनक कथन र समाचार लेखहरू समावेश गरेर फिल्मले सुशान्त सिंह राजपुतको ‘व्यक्तित्व अधिकार’ को हनन गरेको छ, त्यसैले यसको स्ट्रिमिङमा प्रतिबन्ध लगाउनुपर्छ भन्ने माग गरेका थिए।

याचिका खारेज गर्दै न्यायमूर्ति शंकरले भने, ‘फिल्मले सुशान्त सिंह राजपूतको प्रचार अधिकार उल्लंघन गरे पनि वा उनको मानहानि गरे पनि यी अधिकार अभिनेताका व्यक्तिगत हुन् तर उनको मृत्युसँगै ती सबै कुराकाे मृत्यु भइसकेकाे छ यो।” अदालतको यो सुनुवाइले अभिनेताका पितालाई भने ठूलो झट्का लागेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.