नेसनल हाइड्रोपावरको हकप्रद सेयर शुक्रबारदेखि आउँदै
काठमाडौँ। नेसनल हाइड्रोपावरले भोली (शुक्रबार असार २९ गते)देखि ५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ। यसले ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो। जसअनुसार यस कम्पनीले ८२ करोड २१ लाख ४५ हजार रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ।
यस हकप्रद सेयरका लागि कम्पनीले असार १ गते बुक क्लोज गरिसकेको छ। जेठ ३२ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रद सेयर भर्न पाउनेछन्। यस हकप्रद सेयरमा लगानीकर्ताले साउन १८ गतेसम्म आवेदन दिन सक्नेछन्।
यो हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले इक्रा एनपी डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व पुरा गर्ने क्षमता मध्यम जोखिममा रहेको संकेत गर्दछ। यसमा मुक्तिनाथ क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ।
मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ विकास बैंकको इटहरी, पोखरा नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगञ्ज, धनगढी, विराटनगर, जनकपुर र लमजंग शाखा कार्यालयबाट यसमा आवेदन दिन सकिन्छ। धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत पनि आवेदन दिन सकिनेछ।







डिसी नेपाल







Facebook Comment