१२.६२ अंकले घट्यो नेप्से परिसूचक, ३ अर्ब ३९ करोड रुपैयाँमाथिको कारोबार

डिसी नेपाल
२८ असार २०८० १५:१५
120
Shares

काठमाडौँ। साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार घटेको छ। बिहीबार नेप्से परिसूचक १२.६२ अंकले घटेर २०७२.२४ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९० अंकले घटेर ३९१.२५ बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २९६ कम्पनीको ९३ लाख ८२ हजार ४४० कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ३९ करोड रुपैयाँमाथिको  सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा शिभम् सिमेन्ट अग्रिम स्थानमा छ। यसको आज २३ करोड ७५ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा सोल्टी होटल र हिमालयन लाइफ इन्स्योरेन्सको कारोबार भएको छ।

बिहीबारको कारोबारमा १३ वटै उपसूचकमध्ये ३ उपसूचक बढेको छ भने बाँकी सबै उपसूचक घटेको छ। आजको कारोबारमा एनएमबी ऋणपत्र र एसबिएल ऋणपत्रका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, पिपुल्स पावर र हिमालयन पावर पार्टनरका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *