नेपाल समेत खेल्ने एसियन गेम्सका लागि भारतीय क्रिकेट टोलीको घोषणा, ऋतुराज गायकवाड कप्तान
काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले १९ औं एसियाली खेलकुदका लागि क्रिकेट टोलीको घोषणा गरेको छ ।
टिमको कप्तानी ऋतुराज गायकवाडलाई दिइएको छ । सेप्टेम्बर २८ देखि अक्टोबर ८ सम्म चल्ने एसियाली खेलकुदमा टी–२० फर्म्याटका क्रिकेट खेलहरु हुनेछन् ।
अक्टोबर ५ बाट सुरु हुने एकदिवसीय विश्वकपका कारण यस प्रतियोगिताका लागि युवा खेलाडी छनोट गरिएको हो ।
यो टोलीमा ऋतुराज गायकवाड बाहेक तिलक वर्मा र रिंकु सिंह पनि छन् ।
भारतीय टोलीमा ऋतुराज गायकवाड, यशस्वी जैसवाल, राहुल त्रिपाठी, तिलक वर्मा, रिंकु सिंह, जितेश शर्मा, वाशिंगटन सुन्दर, शाहबाज अहमद, रवि बिश्नोई, आवेश खान, अर्शदीप सिंह, मुकेश कुमार, शिवम मावी, शिवम दुबे र प्रभसिमरन सिंह (विकेटकीपर) छन् ।
स्ट्यान्डबाइ खेलाडीहरू यश ठाकुर, साई किशोर, वेंकटेश अय्यर, दीपक हुड्डा र साई सुदर्शन छन् ।
१६औँ एसियाली खेलकुददेखि क्रिकेटलाई औपचारिक रूपमा समावेश गरिएको छ । यी खेलहरू १२ देखि २७ नोभेम्बर २०१० सम्म चीनको ग्वाङ्झाउ शहरमा आयोजित भएका थिए।
त्यसमा भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका गरी चार एसियाली टोली सहभागी थिए। यस संस्करणमा भने नेपालले पनि पुरुष क्रिकेटमा सहभागिता जनाउँदैछ ।







डिसी नेपाल







Facebook Comment