नागरिक लगानी कोषको एजीएम आज

डिसी नेपाल
३१ असार २०८० ९:२३
332
Shares

काठमाडौं। नागरिक लगानी कोष (सीआइटी) को २८ औं वार्षिक साधारण सभा आज आइतबार असार ३१ गते बस्दैछ। सभामा २५% बोनस सेयर र कर प्रयोजनका लागि १.३२% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ।

साधारण सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ। १ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ।

सभा प्रयोजनका लागि कोषले असार १९ गते बुक क्लोज गरिसकेको छ। असार १८ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *