हलिउडको हडतालमा प्रियंका चोपडाले कसलाई समर्थन गरिन् ?

डिसी नेपाल
३१ असार २०८० १५:०४
672
Shares

काठमाडौं । हलिउड अभिनेता युनियन हडतालको समर्थनमा अभिनेत्री प्रियंका चोपडा आएकी छिन् । प्रियंका चोपडाले आफू आफ्ना सहकर्मीसँग उभिएको बताइन् ।

सन् १९८० पछि हलिउडमा यो पहिलो हडताल हो । हलिउडका लेखक तथा कलाकारहरूले राम्रो पारिश्रमिक र काम गर्ने वातावरणको माग गर्दै यो हड्ताल गरेका हुन् ।

हडतालकर्ताहरूले आर्टिफिसियल इन्टेलिजेन्स र कम्प्युटरले बनाएको अनुहार र आवाजको प्रयोगले कलाकारहरूको जागिरलाई जोखिममा नपार्ने आश्वासन पनि मागिरहेका छन्।

प्रियंका चोपडाले शुक्रबार राति इन्स्टाग्राममा पोस्टर सेयर गर्दै लेखेकी छिन्, “सग अफ्रा (स्क्रिन एक्टर्स गिल्ड अमेरिकन फेडेरेसन अफ रेडियो एन्ड टेलिभिजन आर्टिस्ट) बलियो। म मेरो युनियन र सहकर्मीको साथमा उभिन्छु। एकतामा हामी राम्रो भोलिको निर्माण गर्छौं।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.