एकदिवसीय क्रिकेटमा भारतलाई हराउँदै बंगलादेश महिला क्रिकेट टोलीले इतिहास रच्यो

डिसी नेपाल
१ साउन २०८० १२:२८
708
Shares

काठमाडौं । बंगलादेश महिला क्रिकेट टोलीले तीन एकदिवसीय सिरिजको पहिलो एकदिवसीय खेलमा भारतीय महिला क्रिकेट टोलीलाई ४० रनले पराजित गरेको छ ।

बंगलादेश महिला टोलीको इतिहासमा भारतीय महिला टोलीविरुद्धको यो पहिलो जित हो। वर्षाले प्रभावित खेलमा डकवर्थ लुइस नियम लागू गरी दुवै इनिङ्समा ४४ ओभरको खेल तय गरिएको थियो ।

टस जितेर भारतले बंगलादेशलाई ब्याटिङको निम्तो दिएपछि बंगलादेशको टोली ४३ ओभरमा १५२ रनमा अलआउट भयो।

बंगलादेशका लागि कप्तान निगार सुल्तानाले सर्वाधिक ३९ रन जोडिन् भने भारतका लागि तेज बलर अमनजोत कौरले ४ विकेट लिइन् ।

लक्ष्य पछ्याउने क्रममा भारतीय महिला टोली ११३ रनमा अलआउट भयो ।

बंगलादेशका लागि तेज बलर मारुफा अख्तरले सर्वाधिक चार विकेट लिइन् र यो उत्कृष्ट प्रदर्शनका लागि ‘प्लेयर अफ द म्याच’ घोषित भइन्।

पहिलो एकदिवसीयमा जितसँगै बंगलादेशले सिरिजमा १–० को अग्रता बनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.