विम्बल्डनले पायो नयाँ च्याम्पियन, स्पेनका कार्लोस अल्कारेजले जोकोभिचको सपना तोडे
2PAT8X2 March 11, 2023 Carlos Alcaraz of Spain returns a shot against Thanasi Kokkinakis of Australia during the 2023 BNP Paribas Open at Indian Wells Tennis Garden in Indian Wells, California. Mandatory Photo Credit: Charles Baus/CSM
काठमाडौं । स्पेनका कार्लोस अल्कारेजले आइतबार विम्बल्डनको फाइनलमा सबैभन्दा धेरै ग्रान्डस्लाम जित्ने अनुभवी टेनिस खेलाडी नोभाक जोकोभिचलाई पराजित गर्दै इतिहास रचेका छन् ।
विश्व नम्बर १ टेनिस खेलाडी स्पेनका कार्लोस अल्कारेजले आइतबार विम्बल्डन २०२३ को फाइनलमा जोकोभिचलाई १-६, ७-६ (८-६), ६-१ ३-६, ६-४ ले पराजित गर्दै विम्बल्डन च्याम्पियनसिप जितेका हुन् ।
गत वर्ष कार्लोस अल्कारेज युएस ओपन ग्रान्डस्लामको उपाधि जितेर विश्व नम्बर १ बनेका थिए ।
जोकोभिचले यस वर्ष अष्ट्रेलियन ओपन र फ्रेन्च ओपन जितेका छन् र राफेल नाडालको २२ ग्रान्डस्लाम जितेको रेकर्ड तोड्दै सबैभन्दा धेरै ग्रान्डस्लाम जित्ने पुरुष टेनिस खेलाडी बनेका छन्।
चोटका कारण अल्कारेजले यस वर्षको अस्ट्रेलियन ओपन खेल्न सकेनन्, त्यसपछि फ्रेन्च ओपनमा जोकोभिचसँग हारेका थिए ।
यो वर्ष (२०२३ मा), अल्कारेजले अहिलेसम्म अन्य पुरुष टेनिस खेलाडीभन्दा धेरै खेल जितेका छन्।







डिसी नेपाल







Facebook Comment