एसिया कपको खेल तालिका एसीसीद्वारा पारित, नेपालका खेलहरू कहिले छन् ?

डिसी नेपाल
४ साउन २०८० ११:१४
4.4k
Shares

काठमाडौं । एसिया कपका लागि पाकिस्तान क्रिकेट बोर्डले पेश गरेको प्रस्तावित तालिका एसियाली क्रिकेट परिषद (एसीसू)ले पारित गरेको छ ।

एसिया कपमा पहिलो खेलमा नेपाल र पाकिस्तान खेल्नेछन् । पहिलो खेल पाकिस्तानको मुल्तानमा हुनेछ । भारत र पाकिस्तानको टोली श्रीलंकामा भिड्नेछन् ।

बीसीसीआई सचिव जय शाहले ट्विटरमा एसिया कपको खेल तालिका सार्वजनिक गरेका छन् ।

प्रतियोगिताको पहिलो खेल नेपाल र पाकिस्तानबीच अगस्ट ३० मा पाकिस्तानको मुल्तानमा हुनेछ ।

दोस्रो खेल अगस्ट ३१ मा श्रीलंकाको क्यान्डीमा बंगलादेश र श्रीलंकाबीच हुनेछ ।

तेस्रो खेल सेप्टेम्बर २ मा भारत र पाकिस्तानबीच श्रीलंकाको क्यान्डीमा हुनेछ ।

चौथो खेल सेप्टेम्बर ३ मा बंगलादेश र अफगानिस्तानबीच पाकिस्तानको लाहोरमा हुनेछ ।

पाँचौं खेल सेप्टेम्बर ४ मा नेपाल र भारतबीच श्रीलंकाको क्यान्डीमा हुनेछ ।

छैटौं खेल सेप्टेम्बर ५ मा अफगानिस्तान र श्रीलंकाबीच पाकिस्तानको लाहोरमा हुनेछ ।

स्मरणीय कुरा के छ भने यस प्रतियोगितालाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा भारत, पाकिस्तान र नेपाल छन् । समूह बी मा बंगलादेश, अफगानिस्तान र श्रीलंका छन् ।

दुवै समूहका शीर्ष दुई टोलीले अर्को चरण अर्थात सुपर ४ मा प्रवेश गर्नेछन् ।

एसीसी मार्फत जारी गरिएको तालिकामा भारत समूह ‘ए’ मा पहिलो नम्बरमा रहे पनि ‘ए–२’ मानिने अर्थात् भारतले पाकिस्तानमा गएर कुनै खेल खेल्न नपर्ने समेत बताएको छ ।

अन्ततः फाइनल खेल १७ सेप्टेम्बरमा श्रीलंकाको कोलम्बोमा हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.