फ्रि-ब्यालेन्स हेरेर मात्रै धितोपत्र बिक्री गर्न सीडीएसको अनुरोध

डिसी नेपाल
४ साउन २०८० १४:०७
244
Shares

काठमाडौँ। सीडीएस एन्ड क्यिरिङ लिमिटेडले लगानीकर्ताहरुलाई आफ्नो हितग्राही खातामा रहेको धितोपत्र बिक्री गर्न योग्य रहेको यकिन गरेर मात्र बिक्री गर्न अनुरोध गरेको छ। सीडीएसले डिम्याट खातामा रहेका धितोपत्र विभिन्न कारणले रोक्का हुन सक्ने र यसरी रोक्का हुँदा दोस्रो बजारमा बिक्री गरी राफसाफ गर्न नसक्दा क्लोजआउट हुने समस्या देखिने गरेको छ।

त्यसैले लगानीकर्ताले धितोपत्र बेच्नु भन्दा अघि उक्त धितोपत्र बिक्री गर्न योग्य रहेको यकिन गर्न सीडीएसले अनुरोध गरेको हो । मेरो सेयरको ‘माई सेयर’ पेजमा देखिने धितोपत्रको अवस्था मध्ये फ्रि ब्यालेन्समा रहेको परिमाणको धितोपत्र मात्र बिक्री गर्न योग्य रहेको जनाएको छ।

नयाँ आर्थिक वर्ष लागेसँगै डिम्याट खाता नविकरण गर्नु पर्ने हुन्छ । यदि उक्त खाता नविकरण गरिएको छैन भने यस्तै समस्या देखिने गर्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *