इमर्जिङ टिम्स एसिया कपको फाइनलमा भारत र पाकिस्तान भिड्ने
काठमाडौं । इमर्जिङ टिम्स एसिया कपको दोस्रो सेमिफाइनल खेलमा भारत ‘ए’ ले बंगलादेश ‘ए’ लाई ५१ रनले पराजित गरेको छ । यससँगै अब भारतले अर्को सेमिफाइनलको विजेता पाकिस्तानसँग फाइनल खेल्नेछ ।
पहिले ब्याटिङ गरेको भारत ‘ए’ले बंगलादेश ‘ए’लाई २ सय १२ रनको लक्ष्य दिएको थियो, जसलाई पछ्याउँदै बंगलादेश ‘ए’ टोलीले १६० रन मात्रै बनाउन सक्यो ।
भारत ‘ए’ तर्फबाट यश धुलले ६६ रन बनाए र ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
आज भएको पहिलो सेमिफाइनल खेलमा पाकिस्तान ‘ए’ ले श्रीलंका ‘ए’ लाई ६० रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।
अब आइतबार (जुलाई २३) फाइनलमा पाकिस्तान ‘ए’ले भारत ‘ए’सँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment