आजदेखि पोखरा बसपार्क क्षेत्रको सडकमा पार्किङ निषेध
पोखरा। आजदेखि पोखरा बसपार्क क्षेत्रका सडक छेउमा पार्किङ निषेध गरिने भएको छ।
पोखरा महानगरपालिकाले पृथ्वी चोकदेखि सेती पुल (चाइनापुल) सम्मका सडक छेउमा पार्किङ गर्न लागेको हो।
पोखरा-१६ का वडाध्यक्ष अमृत तिमिल्सिनाका अनुसार जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकले पृथ्वीचोकको सडक छेउको पार्किङ हटाउने गरे अनुसार आजदेखि पार्किङमा प्रतिबन्ध लगाउन लागेको हो।
उनका अनुसार बसपार्क भित्र भोलीवाट कम्तिमा १ सय ५० सवारी साधान पार्किङ गर्न सकिने गरी ब्यवस्था मिलाइएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment