नेपाल इन्स्योरेन्सको १९ लाख ४८ हजार ५३८ कित्ता संस्थापक सेयर बिक्रीमा

डिसी नेपाल
८ साउन २०८० १०:०८
140
Shares

काठमाडौँ। नेपाल इन्स्योरेन्स कम्पनीको १९ लाख ४८ हजार ५३८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ।

यस सेयरमा विद्यमान संस्थापकसहित इच्छुक जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन पाउनेछन्। यस सेयरमा न्यूनतम मूल्य प्रतिकित्ता ३०० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी खरिद आवेदन दिनुपर्नेछ।

लगानीकर्ताले यस सेयरमा न्यूनतम १ लाख कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। यस सेयरमा लगानी गर्न इच्छुक लगानीकर्ताले साउन १५गतेभित्र आफूले दिन चाहेको सेयर संख्या खुलाई काठमाडौँको नक्सालस्थित ग्लोबल आइएमई क्यापिटलमा आवेदन दिनुपर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *