भारतलाई हराएको पाकिस्तानी टोलीलाई बाबर आजमले स्वागत गरे (भिडियो)

डिसी नेपाल
९ साउन २०८० १२:००
2.6k
Shares

काठमाडौं । आइतबार कोलम्बोमा भएको फाइनलमा भारतीय टोलीलाई पराजित गर्दै पाकिस्तान ‘ए’ टोलीले एसीसी पुरुष इमर्जिङ कपको उपाधि जितेको छ ।

यो जितपछि पाकिस्तानको सिनियर टोलीका कप्तान बाबर आजम र पाकिस्तानको सिनियर टोलीका अन्य खेलाडीले उनीहरूलाई स्वागत गरेका थिए ।

पाकिस्तानी टोलीले भारतलाई १२८ रनको ठूलो अन्तरले पराजित गर्दै उपाधि जितेको हो । पाकिस्तानी टोली यस प्रतियोगितामा दोस्रो पटक च्याम्पियन बनेको छ ।

भारतीय टोलीले अहिलेसम्म यो प्रतियोगिता जित्न सकेको छैन ।

विजेता खेलाडीहरु ट्रफी लिएर होटल फर्केपछि उनीहरुलाई पाकिस्तानको सिनियर क्रिकेट टिमका खेलाडीहरुले न्यानो स्वागत गरेका थिए ।

पाकिस्तानको सिनियर टोली पनि हाल श्रीलंकामा छ र कोलम्बोमा आयोजकसँग टेष्ट खेल्दैछ।

पाकिस्तान क्रिकेट बोर्डले यो क्षणको भिडियो शेयर गरेको छ । यस भिडियोमा बाबर आजम र शाहिन अफ्रिदी लगायत धेरै खेलाडी च्याम्पियन टोलीलाई स्वागत गरिरहेको देखिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.