साउदी क्लवले एम्बापेलाई इतिहासकै सबैभन्दा धेरै मूल्य अफर गरेर किर्तिमान बनायो
PARIS, FRANCE - DECEMBER 28: Kylian Mbappe of PSG celebrates his winning goal at 2-1 on a penalty kick during the Ligue 1 match between Paris Saint-Germain (PSG) and RC Strasbourg Alsace (RCSA) at Parc des Princes stadium on December 28, 2022 in Paris, France. (Photo by Jean Catuffe/Getty Images)
काठमाडौं । साउदी अरेबियाको फुटबल क्लब अल-हिलालले फ्रान्सेली स्टार फुटबल खेलाडी किलियन एमबाप्पेलाई इतिहासकै सबैभन्दा धेरै मूल्य अफर गरेर नयाँ विश्व कीर्तिमान बनाएको छ।
अल-हिलालले एमबाप्पेलाई आफ्नो क्लबको हिस्सा बनाउन पीएसजी फुटबल क्लबलाई ३०० मिलियन युरो प्रस्ताव गरेको छ । यो प्रस्तावपछि फ्रान्सेली क्लब पीएसजीले अल हिलाल क्लवलाई एमबाप्पेसँग यो प्रस्तावको बारेमा वार्ता गर्न अनुमति दिएको छ र यदि यो सम्झौता पुष्टि भयो भने, यो अहिलेसम्मको सबैभन्दा ठूलो ट्रान्सफर हुनेछ।
किलियन एम्बाप्पे आफ्नो क्लब पेरिस सेन्ट जर्मेनसँग लामो समयदेखि विवादमा छन्। यस कारणले गर्दा, वर्ष २०२४ पछि एमबाप्पेले क्लबसँग आफ्नो सम्झौता नबढाउने निर्णय गरेका छन्, जसमा उनी स्वतन्त्र एजेन्टको रूपमा क्लब छोड्न चाहन्छन्। यस्तो अवस्थामा क्लबले कि त सम्झौता लम्ब्याउन सक्छ वा हालको ट्रान्सफर विन्डोमा उनलाई अर्को क्लबलाई बेच्न सक्छ।
किलियन एमबाप्पेका लागि ३०० मिलियन युरोको अफरमा उनीहरूलाई साउदी क्लब अल-हिलालसँग कुरा गर्न अनुमति दिइएको छ। यस्तो अवस्थामा एमबाप्पेले यो अफर स्वीकार गरे भने यो ट्रान्सफर सम्भव हुन सक्छ । स्पेनको फुटबल क्लब रियल मड्रिडले गत वर्ष किलियन एम्बाप्पेका लागि २०० मिलियन युरोको बोली लगाएको थियो ।
किलियन एम्बाप्पे वर्ष २०१८ देखि पीएसजी क्लबको एक हिस्सा हुन्, जसमा उनी १५० मिलियन युरोमा क्लबमा सामेल भएका थिए। सन् २०२२ मा भएको फिफा विश्वकपमा किलियन एम्बाप्पेले फ्रान्सेली टोलीबाट खेल्दै उत्कृष्ट प्रदर्शन गरेका थिए । तर, फाइनलमा अर्जेन्टिनाविरुद्धको खेलमा उनले आफ्नो टोलीलाई जित दिलाउन सकेनन् ।







डिसी नेपाल







Facebook Comment