भारतीय महिला क्रिकेट टोलीकी कप्तान कौरलाई आईसीसीले प्रतिबन्ध लगायो

डिसी नेपाल
९ साउन २०८० १९:५२
10.2k
Shares

काठमाडौं । भारतीय महिला क्रिकेट टोलीकी कप्तान हर्मनप्रित कौर आइसीसीको कारबाहीमा परेकी छन् । गत शनिबार बंगलादेशविरुद्ध तेस्रो ओडिआई खेलमा आउट भएपछि कौरले आफ्नो ब्याटले स्टम्प हान्नुको साथै अम्पायर तनविर अहमदलाई गाली गरेका कारण आईसीसीले उनलाई दुई अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध लगाएको हो ।

कौरलाई चार डिमेरिट प्वाइन्ट तथा ७५ प्रतिशत म्याच फि जरीवाना तोकिएको छ । उनी स्लिपमा आउट भएपछि अम्पायर तनविर अहमदलाई गाली गरेकी थिइन् भने आफ्नो ब्याटले स्टम्प हान्न पुगेकी थिइन् ।

कुनैपनि खेलाडीले २४ महिना भित्रमा ४ देखी ७ डेमीरेट प्वाइन्ट पाएमा आइसिसीको नियम अनुसार एक टेस्ट, दुई ओडिआई वा दुई टि२० खेल प्रतिबन्ध लाग्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.