मुख्यमन्त्री कांग्रेसलाई दिएर सहमतिको सरकार बनाउन एमाले तयार छः हिक्मत कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले नेपाली कांग्रेसलाई प्रदेश सरकारको नेतृत्व दिन तयार रहेको बताएका छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले कोशी प्रदेशको संकट टार्न कांग्रेससँग सहकार्य गरेर एमाले जान तयार रहेको बताएका हुन्।
उनले भने, ‘मुख्यमन्त्री कांग्रेसलाई दिएर सहमतिको सरकार बनाउन तयार छौं । कोशी प्रदेशमा कसैको पनि बहुमत नभएपछि संकट टार्न मिलेर जान तयार छौं।’
मुख्यमन्त्री कार्कीले सबैको सहमतिमा नयाँ सरकार गठन गरेर अघि बढ्न तयार रहेको बताए। उनले प्रदेशको समृद्धि र सरकारको स्थायीत्वको लागि एमाले सदैब तयार रहेको जनाएका छन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment