माओवादी उपाध्यक्ष भुसालसहितको टोली स्वदेश फिर्ता

डिसी नेपाल
१२ साउन २०८० २२:५७
72
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको टोली छ दिने भारत भ्रमणपछि स्वदेश फर्किएका छन् ।

उनीसँगै पाँच सदस्यीय टोली आजे राति स्वदेश फर्किएको हो । भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा यही साउन ७ गते भुसाल नेतृत्वमा माओवादी केन्द्रका सचिव चक्रपाणि खनाल, स्थायी समिति सदस्य सत्य पहाडी, केन्द्रीय सदस्य रामेश्वर यादव र सुरेशकुमार राईको टोली भारत गएको थियो ।

उपाध्यक्ष भुसाल नेतृत्वको टोलीले भाजपा अध्यक्ष जगतप्रकाश नड्डासँग पार्टी मुख्यालयमा भेटवार्ता गरेका थिए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसअघिको भारत भ्रमणमा भएका सहमति कार्यान्वयनका लागि पहल गर्न भाजपा अध्यक्ष नड्डासँग आग्रह गरेका थिए ।

अध्यक्ष नड्डासँगको भेटवार्ता फलदायी र ऐतिहासिक भएको उपाध्यक्ष भुसालले बताइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.