संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीश नियुक्तिकाे सिफारिस गर्ने

डिसी नेपाल
१८ साउन २०८० ७:३५
36
Shares

काठमाडौं। सर्बोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ती प्रक्रिया अघि बढाउन आज संबैधानिक परिषदको बैठक बस्दैछ। गत मंगलबार पहिलो पटक बैठक बसे पनि कुनै निष्कर्षमा पुग्न नसकेको बैठक आज बोलाइएको हो। बैठक साँझ ५ बजे बस्नेछ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि साउन २० गते सकिने भएकाले नयाँ प्रधाननयायाधीश नियुक्तिकाे सिफारिस गर्न परिषदकाे बैठक बस्न लागेकाे हाे।

संवैधानिक व्यवस्था अनुसार प्रधानन्यायाधीशकाे कार्यकाल सकिनु एक महिना अगाडि नै नयाँ प्रधानन्यायाधीश नियुक्तिकाे सिफारिस गर्नुपर्छ।

तर प्रधान्यायाधीश कार्कीकाे पदावधि सकिन दुइ दिन बाँकी रहँदा प्रधानन्यायाधीश नियुक्तिकाे सिफारिस गर्न परिषद बैठक बस्न लागेकाे हाे।

संवैधानिक परिषद् बैठक बोलाउने सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गरेका थिए।

आज बस्ने बैठकले वरीयताक्रममा अगाडि रहेका विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीश सिफारिस गर्ने छ। उनी १४ महिना प्रधानन्यायाधीश हुनेछन्।

श्रेष्ठ न्याय सेवाको तल्लो तह, शाखा अधिकृत जिल्ला न्यायाधीश, उच्च र सर्वोच्च अदालतको न्यायाधीश हुदै करिअरबाट सर्वोच्चको सर्वोच्च पदसम्म पुग्न लागेका न्यायाधीश हुन्।

उनी अहिले सर्वोच्च अदालतको वरिष्ठ न्यायाधीश छन्। संवैधानिक परिषदबाट सिफारिस भइ संसदीय सुनुवाइबाट अनुमोदन भएमा उनी प्रधानन्यायाधीश हुनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.