सुन तस्करी प्रकरणको अनुसन्धान बीचैमा रोकिन सक्छ : शेखर कोइराला

डिसी नेपाल
१८ साउन २०८० १३:०९
88
Shares

काठमाडाैं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सुन तस्करी प्रकरणको अनुसन्धान बीचैमा रोकिन सक्ने बताएका छन्।

बिहीबार काठमाडौंमा नेपाल प्रेस युनियन काठमाडौं शाखाको नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र बितरण तथा पदस्थापना कार्यक्रममा बोल्दै कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरणको अनुसन्धान अझैपनि निष्कर्षमा पुग्न नसकेको भन्दै सुन तस्करी प्रकरणको अनुसन्धान बिचैमा रोकिन सक्ने बताएका हुन्।

कोइरालाले भने, ‘शरणार्थीपछि ललिता निवास प्रकरण आयो, त्यो इस्यु पनि अघि बढ्दै गयो ठ्याक्कै गएर रोकिएको छ किनकि माथि कोही न कोही मानिसहरु परेका छन्। अब यस्तो पनि कहिँ हुन्छ ? शाखा अधिकृतले टिप्पणी उठाएको हुन्छ मन्त्रिपरिषद्‌मा लैजाने भनेर। त्यो शाखा अधिकृत चाहिँ जेल गएर भर्खर अदालतको आदेशमा अहिलेको सचिवजी रिहा हुनुभएको छ । तर, जसले मन्त्रिपरिषदबाट निर्णय गरेको छ तिनीहरूलाई चाहिँ छुँदैन।’

उनले भ्रष्टाचारका मुद्दामा ठूला मान्छेहरु मुछिएपछि अनुसन्धान बिचैमा रोकिने गरेको दाबी गरे। कोइरालाले सुनकाण्डमा प्रधानमन्त्री कार्यालय मातहतको राजस्व अनुसन्धानले मानै छानविन गर्नु अचम्म लाग्दो बिषय भएको बताए।

उनले भने, ‘ सुन प्रकरणमा नेपालका नेतृत्वहरू कहीँ न कहीँ संलग्न भइरहेका हुन्छन्। यो अहिलेको घटना मात्र होइन। नेपालबाट सुन गइराखेको होला नि! अहिले बरामद गरेको १०० किलो हो। यसबीचमा पनि कति गइसक्यो होला, सोचौं हामी। सुन काण्डमा नेपालीहरू को-को संलग्न छन् त्यो महत्वपूर्णभन्दा पनि सुनले गर्दा नेपालको सुरक्षा नाजुक छ भन्ने देखाइरहेको छ। यो कुरा दुनियाँले हेरिराखेका हुन्छन्।’

त्यस्तै उहाले लगातार सदन अवरुद्ध हुदा निकै क्षति भएको भन्दै सत्तापक्ष र प्रतिपक्षीले गम्भीर भएर सोच्नुपर्ने उल्लेख गरे।

कोइरालाले कांग्रेसको केन्द्रीय समिति बैठकमा खुल्ला रुपमा छलफल हुन नपाएको बताए। बैठक प्रत्यक्ष प्रसारण हुँदा सदस्यहरुले खुलेर अभिव्यक्ति दिन नसकेको उनको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.