माओवादी बैठक : अध्यक्षको प्रतिवेदनलाई समर्थन गर्दै कार्यान्वयनमा जोड

डिसी नेपाल
१८ साउन २०८० १८:१९
48
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले अध्यक्षको प्रतिवेदनलाई समर्थन गर्दै कार्यान्वयनमा जोड दिएका छन् ।

बैठकको दोश्रो दिनको बैठकमा अध्यक्षको प्रतिवेदनमाथि मुलभुत रुपमा समर्थन गर्दै कार्यान्वयनमा जोड दिएको प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए । उनीहरुले माओवादी नेतृत्वको सरकारले पछिल्लो समयमा गरेका कामहरु राम्रो भएपनि पार्टीलाई अल्मलिएको जस्तो देखिएको धारणा राखेका थिए ।

त्यस्तै बैठकमा अध्यक्ष प्रचण्डले पार्टीलाई सुधारेर अघि लैजान आफु प्रतिवद्ध रहेको भन्दै यसमा सबैले साथ दिनुपर्ने धारणा राखेका थिए । बिहीबारसम्म ५७ जना सदस्यहरुले धारणा राखेको र धारणा राख्ने क्रम शुक्रबार पनि जारी रहने प्रवक्ता महराले जानकारी दिए । त्यस्तै महराले सुन प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको र राजनीतिक प्रभाव देखिएको बताए ।

बैठकमा सदस्यहरूलाई बोल्नका लागि ५ मिनेटको समय उपलब्ध गराइएको छ । बुधबारबाट सुरु बैठक पाँच दिनसम्म चल्ने माओवादी केन्द्रले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.