पाकिस्तानको मुख्य छनोटकर्तामा इन्जमाम उल हक नियुक्त, विश्वकपको लागि टोली छनोट गर्ने
काठमाडौं । पाकिस्तान क्रिकेट बोर्डले सोमबार पूर्व कप्तान इन्जमाम उल हकलाई पाकिस्तानी टोलीको मुख्य चयनकर्ता नियुक्त गरेको छ ।
उनले हारुन रसिदको स्थान लिनेछन् । हारुनले गत महिना मुख्य चयनकर्ताको पद छोडेका थिए। इन्जमामले यसै वर्ष हुने एकदिवसीय विश्वकपका लागि टोली छनोट गर्नेछन् । यो विश्वकप भारतमा हुने भएको छ ।
पाकिस्तानको विदेश मन्त्रालयले आइतबार आफ्नो देशको टोली विश्वकपमा सहभागी हुन भारत जाने जानकारी दिएको थियो ।
पाकिस्तानका दिग्गज क्रिकेट खेलाडीहरू मध्येका एक इन्जमाम यसअघि २०१६ र २०१९ बीच मुख्य चयनकर्ता रहिसकेका छन्।
सन् २०१९ मा भएको विश्वकपमा पनि उनको नेतृत्वमा पाकिस्तानको टोली छनोट भएको थियो । इन्जमाम सन् १९९२ मा विश्वकप जित्ने पाकिस्तानी टोलीका सदस्य थिए।
उनले पाकिस्तानका लागि ३ सय ७८ एकदिवसीय र १२० टेस्ट खेले। यससँगै उनले टेस्टमा ८८३० रन र एकदिवसीयमा ११ हजार ७३९ रन बनाएका छन् ।







डिसी नेपाल







Facebook Comment