क्रिकेटका सबै फरम्याटको बरियतामा शीर्ष ५ मा पर्ने एकमात्र खेलाडी बने बाबार आजम

डिसी नेपाल
२४ साउन २०८० १६:४०
3.0k
Shares

काठमाडौं । पाकिस्तानी कप्तान बाबर आजम क्रिकेटका तीनवटै ढाँचामा आइसीसीको शीर्ष ५ बरियतामा पर्ने एकमात्र खेलाडी बनेका छन् । अहिले उनी टेस्ट, एकदिवसीय र टि-२० तीनवटै फरम्याटको बरियतामा शीर्ष ५ भित्र छन् ।

अहिले बाबर टि-२० बरियतामा तेस्रो स्थानमा छन् । टि-२० बरियताको शीर्षका भारतका सूर्यकुमार यादव छन् । दोस्रोमा पाकिस्तानका बाबरकै ओपनिङ पार्टनर मोहम्मद रिजवान छन् ।

एकदिवसीयको बरियतामा बाबर आफैं शीर्ष स्थानमा छन् । यस्तै टेस्ट बरियतामा बाबर चौथो स्थानमा छन् । टेस्टको शीर्ष स्थानमा न्युजिल्याण्डका केन विलियमसन छन् । दोस्रोमा इङ्ल्याण्डका जो रूट र तेस्रोमा अस्ट्रेलियाका स्टिभ स्मिथ छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.